काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र क्याम्ब्रिज काठमाडौंबीच आइटी विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुसँग सहकार्य गर्न समझदारी भएको छ ।
मुनाफारहित सामाजिक संस्थाका रुपमा सञ्चालित कलेजले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको क्षमता विकास गर्दै उनीहरुलाई उद्योग र व्यवसायसँग जोड्ने हेतूले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान स्थापित गर्न सफल क्याम्ब्रिजसँग एमओयू गरेको हो ।
समझदारी अनुसार अब कलेजका विद्यार्थीहरुले क्याम्ब्रिजमा गएर इन्टर्न गर्न पाउनेछन् । यस सहकार्यअन्तर्गत क्याम्ब्रिजले विद्यार्थीहरूलाई तीन महिनाको इन्टर्नशिप कार्यक्रम प्रदान गर्दै डिजिटल मार्केटिङ, सूचना प्रविधि, वेबसाइट व्यवस्थापन, डिजिटल मिडिया सञ्चालन, व्यावसायिक सञ्चार तथा कम्युनिकेशन स्किल विकाससम्बन्धी व्यवहारिक प्रशिक्षण उपलब्ध गराउनेछ ।
बिहीबार कलेजको कम्युटर इन्जिनियरिङ विभागकी विभागीय प्रमुख अंशु घिमिरे तथा क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले एमओयू पत्रमा हस्ताक्षर गर्दै दुई संस्था विचको सहकार्यले विद्यार्थीहरुको अध्ययन र सिकाईलाई व्यवहारिक बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।
“हामीले विद्यार्थीहरुलाई अर्बोड स्टडीका लागि परामर्श गर्दै गर्दा पनि स्वदेशको शिक्षाका बारेमा जानकारी दिने गरेका छौं । जो विद्यार्थी सकेसम्म स्वदेशमै अध्ययन गर्न चाहनुहुन्छ उहाँलाई हामी प्रोत्साहन गर्छौं ।” क्याम्ब्रिजका प्रबन्ध निर्देशक सिंखडाले भने ।
नेपालको इन्जिनियरिङ शिक्षाको विकास, विस्तार र दक्ष जनशक्तिमा नेपाल इन्जिनियरिङ कलेजले ठूलो योगदान पुर्याएको चर्चा गर्दै सरकारले स्वदेशी शिक्षण संस्थाहरुको उन्नयन र विकासमा ठोस योजनाहरु ल्याउनु पर्ने जिकीर गरे ।
यता कलेजकी कम्प्युटर इन्जिनियरिङ विभागकी प्रमुख अंशु घिमिरेले कम्प्युटर इन्जिनियरिङ सँगै इन्जिनियरिङ विधाका विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट शैक्षिक संस्था रहेको जिकीर गरिन् । उनले विद्यार्थीको ज्ञान र शिक्षाको दायरालाई फराकिलो बनाउन कलेज सदैव तत्पर रहेको उल्लेख समेत गरिन् ।





















प्रतिक्रिया