Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७० करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.४६ अंकले घटेर २,७६६ को विन्दुमा कायम भएको छ ।

आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब ७० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट बैंक डिबेञ्चर २०८६ को इकाई कारोबार भएको छ । यसको ३४ करोड १ लाख रुपैयाँ बराबरको इकाई कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८४ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १०.४८ प्रतिशतकाले गुमाएका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहीबार १५:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।