Logo

अर्थ

१५ दिनभित्र कार्यालय खाली गर्न ६ सहकारीलाई काठमाडौं महानगरको निर्देशन



काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले बहालमा लिएको घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

महानगरको कानुन तथा मानव अधिकार विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए महानगर आफैँले कार्यालय खाली गराउने चेतावनी दिएको हो ।

महानगरपालिकाले सहकारी संस्थाहरूले बहालमा लिएका कार्यालयहरू खाली गराउने प्रक्रियाअन्तर्गत उक्त सूचना जारी गरेको जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहीबार १५:३७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।