काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन भनेको छ । त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सचूना जारी गरेर सरकारको निर्णय अनुसनर विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो ।
विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिविले सूचना जारी गरेको हो । शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिन भित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिन स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भनेको थियो ।






















प्रतिक्रिया