Logo

प्रमुख समाचार

कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा एक्कासि आगलागी



काठमाडौं ।  कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी भएको हो ।

बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको छ ।

प्रत्यक्षदर्शीले तत्कालै प्रहरी र ट्राफिकलाई खबर गरेका थिए । प्रहरी प्रवक्ता एसपी सुवेदीका अनुसार ट्राफिक टोली पुग्नासाथ आगो नियन्त्रणमा आएको छ ।

आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलवार १२:२८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।