काठमाडौं । सिर्सिया नदीमा प्रदूषित फोहर पानी मिसाएको आरोपमा उद्योग विभागले बारा र पर्साका ६ उद्योगलाई जनही १० लाख रुपैयाँका दरले जरिवाना गरेको छ।
विभागका अनुसार जगदम्बा स्टिल इन्डस्ट्रिज, हुलास स्टिल इन्डस्ट्रिज, शिवशक्ति घिउ उद्योग, सुशील वनस्पति, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स र अशोक स्टिल इन्डस्ट्रिजलाई प्रदूषण नियन्त्रण गर्न दिइएको समयसीमा पालना नगरेपछि कारबाही गरिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि दिएको एक महिनाको निर्देशनपछि गरिएको अनुगमनमा २१ उद्योगमध्ये १२ उद्योगबाट निस्केको फोहर पानी प्रदूषित भेटिएको थियो।
तीमध्ये ६ उद्योगलाई विभागले जरिवाना गरेको र बाँकी ६ उद्योगमाथि आवश्यक कारबाहीका लागि मधेस प्रदेश सरकारलाई सिफारिस गरिएको जनाएको छ।




















प्रतिक्रिया