Logo

अन्तर्राष्ट्रिय

ग्रीसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर आकाशमै ठोक्किए, चार सदस्य बेपत्ता



काठमाडौं । ग्रीसमा डढेलो नियन्त्रणका लागि परिचालित दुई अग्नि नियन्त्रण हेलिकोप्टर आइतबार आकाशमै ठोक्किएका छन्। दुर्घटनापछि चालक दलका चार सदस्य बेपत्ता भएका छन् भने उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी छ।

राजधानी एथेन्स नजिकको साता क्षेत्रमा भएको दुर्घटनामा एउटा हेलिकोप्टरमा आगो लागेर जमिनमा खसेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुवै हेलिकोप्टरका रोटर एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

दुवै हेलिकोप्टर भीषण डढेलो नियन्त्रणमा खटिएका थिए। पछिल्ला दिनमा ग्रीसमा डढेलोका कारण सयौँ घरमा क्षति पुगेको छ भने सयौँ बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

फ्रान्स र रोमानियाबाट समेत उद्धार टोली परिचालन गरिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तन, अत्यधिक गर्मी र लामो खडेरीका कारण दक्षिणी युरोपमा डढेलोको जोखिम झन् बढिरहेको बताएका छन्।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार २१:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।