Logo

अर्थ

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

जसअनुसार,अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३६ पैसा,

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २६ पैसा तोकिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा,

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार ०७:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।