काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमण स्थगितको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले घटेको छ।
आयलप्राइस डटकमका अनुसार ब्रेन्ट क्रुड कच्चा तेलको मूल्य प्रतिब्यारेल अमेरिकी डलर ४.६४ प्रतिशतले घटेर ८३.७१ डलर पुगेको छ। त्यस्तै, अमेरिकी डब्लुटिआई क्रुड आयल प्रतिब्यारेल ४.२२ प्रतिशतले घटेर प्रतिब्यारेल ८०.३२ डलरमा झरेको छ।
अमेरिकाले इरानमाथि पुनः हवाई आक्रमण सुरु गरेसँगै इरानको प्रत्याक्रमणपछि गत महिना दुवै प्रकारका कच्चा तेलको मूल्य २० प्रतिशत बढेको थियो।
ट्रम्पले इरानको पूर्वाधारमाथि प्रस्तावित आक्रमण रोक्ने निर्णय गरेपछि बजारमा आपूर्ति अवरोधको चिन्ता केही कम हुँदा तेलको मूल्यमा गिरावट आएको हो।




















प्रतिक्रिया