काठमाडौं । माछापुच्छ्रे बैंकले देशभरका ८ वटा शाखा एकआपसमा समायोजन छ ।
बैंकले आफ्नो शाखा सञ्जाललाई थप प्रभावकारी बनाउने उद्देश्यले बागमती, गण्डकी र मधेश प्रदेशका विभिन्न शाखाहरू समायोजन गरेको जनाएको छ ।
बैंकका अनुसार साउन १८ गते २०८३ देखि हाकिमचोक शाखा नारायणगढमा, बालाजु शाखा गोंगबुमा, खुसीबु शाखा डल्लुमा, कलंकी शाखा स्वयम्भूमा, कोटेश्वर शाखा नयाँ बानेश्वरमा, ठमेल शाखा दरबारमार्गमा, लामाचौर शाखा बगरमा तथा वीरगञ्ज लिंक रोड शाखा आदर्शनगर शाखामा गाभिएको छ ।
बैंकले शाखा समायोजनपछि पनि ग्राहकहरूको सेवा प्रभावित नहुने स्पष्ट पारेको छ । सम्बन्धित सञ्चालनमा रहेका शाखाबाट सबै बैंकिङ सेवा पूर्ववत् रूपमा उपलब्ध हुने बैंकको भनाइ छ ।





















प्रतिक्रिया