Logo

राजनीति

कम्युनिस्ट एकता ०७५ सालको जस्तै नहोस् : माधव नेपाल



काठमाडौं।  पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टी सोच विचार गरेर मात्र एकता गर्नुपर्ने बताएका छन्।

२४औँ बोत्ले स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपालले २०७५ सालको एमाले र माओवादी केन्द्रबिच भएको एकता जस्तो नहोस् भनेका छन्।

२०७५ सालमा भएको एकता जस्तै हालत नहोस् । सोच विचार धेरै गर्नु। बहस गर्नु। मन पनि मिलाउनु। स्वार्थमा चलेर होइन, सिद्धान्तनिष्ठ एकतामा अगाडि बढ्नुपर्छ । जनवादी सिद्धान्तमा अगाडि बढ्नुपर्छ । स्वार्थ र पदका लागि मात्र मरिहत्ते नगरौँ’, उनले भने ।

नेपालले सङ्घीयता, राष्ट्रिय हित र जनताका पीडा सम्बोधन गर्नका लागि एकता गर्नुपर्नेमा जोड दिए। धेरै पटक सरकारमा गएकाले  कहाँ गल्ती गर्‍यौँ ? कहाँ बिगार्‍यौँ ? भन्ने विषयमा यसको छुट्टै समीक्षा हुन जरुरी रहेको उनले बताए। सङ्घीय मन्त्रीको मात्र होइन प्रदेश र पालिकामा बसेकाले कतिका प्रभावकारी काम गरे त्यसको पनि समीक्षा हुनुपर्ने बताए।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार १८:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।