काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४.७५ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ रहेको छ। यस हिसाबले बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत देखिएको छ ।
बैंकले यो अवधिसम्म ९ अर्ब १९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । खुद शुल्क तथा कमिशन आम्दानी पनि १ अर्ब ५३ करोडबाट बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
१३ अर्ब ७२ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने बैंकको रिजर्भमा १३ अर्ब ८६ करोड सञ्चित रहेको थियो ।
बैंकको निस्क्रिय कर्जा केही बढेको छ । जसअनुसार अघिल्लो वर्ष ०.३८ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर ०.४९ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप ३ खर्ब १६ अर्ब तथा कुल कर्जा प्रवाह २ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको निक्षेप २ खर्ब ९८ अर्ब तथा कुल कर्जा २ खर्ब १३ अर्बमा सीमित रहेको थियो ।
समीक्षा अवधिमा बैंकको ईपीएस ३६.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५६.४७ रुपैयाँ, पीई रेसियो १८.८१ गुणा र तरलता अनुपात ३१.९१ प्रतिशत कायम भएको छ ।




















प्रतिक्रिया