Logo

अर्थ

एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाल बजारमा बिहीबार सुनको मूल्यमा उछाल आएको छ । आज सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

योसँगै सुनको मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको तोलाको ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार ११:११   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।