काठमाडौं । आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो २०२६’ का टोयोटा नेपालले विशेष छुट तथा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ।
नेपालमा टोयोटाको आधिकारिक वितरकका अनुसार अटो शोको अवसरमा गाडी बुकिङ गर्ने ग्राहकहरुले ३ लाखदेखि २१ लाखसम्म नगद छुट प्राप्त गर्नेछन्।
यो विशेष अफर अटो शो अवधिभर गरिने बुकिङमा मात्र लागू हुने कम्पनीले जनाएको छ।
अटो शोको अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ।
नयाँ ब्रान्डको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा टोयोटाको उपस्थितिलाई थप विस्तार गर्दै ग्राहकका लागि नयाँ उत्पादन तथा अनुभव प्रस्तुत गर्ने कम्पनीको लक्ष्य रहेको छ।
नाइमा अटो शोका लागि ल्याइएको विशेष छुट अटो शो अवधिमा गरिने बुकिङमा मात्र लागू हुने टोयोटा नेपालले जनाएको छ।
अफरलाई थप विशेष बनाउँदै टोयोटा नेपालले ग्राहकका लागि विशेष ड्राइभ घोषणा गरेको छ। नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट भाग्यशाली छनोटमार्फत एक जना विजेताले एक जोडीका रूपमा ‘एलाइट एक्सप्लोरर्स कन्याकुमारी ड्राइभ’ मा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
त्यसैगरी, नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले सामुदायिक यात्रामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
टोयोटा नेपालका अनुसार नाइमा अटो शो २०२६ का लागि ल्याइएको यो विशेष अफर केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो। अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका विभिन्न मोडल अवलोकन गर्न, दुई नयाँ ब्रान्डको सार्वजनिक तथा विशेष अफरको लाभ लिन टोयोटा नेपालले सम्पूर्ण ग्राहकलाई आमन्त्रण गरेको छ।





















प्रतिक्रिया