काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका ८ बस्ने पर्वत मोदी गाउँपालिका ५ घर भएका ३३ वर्षीय चुडामणी रखाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
चुडामणिले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर सूर्यविनायक नगरपालिका २ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।















प्रतिक्रिया