काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले शेरबहादुर देउवा नै पार्टीको वास्तविक नेता र सभापति भएको बताएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले बुवा बीपी कोइरालाले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्ने गरेको स्मरण पनि गरे । ‘शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो । उहाँ पहिलोचोटी बनारस आउँदा शेरबहादुरजीलाई घुमाइदे शशांक भन्नुभयो,’ उनले भने, ‘त्यो दिन मैले के गर्ने त भन्दा शेरबहादुरजीले सिनेमा हेर्ने भन्नुभयो । त्यो दिन हामीले तीन वटा सिनेमा हेर्यौं ।’
उनले आफूहरूको नेता पनि शेरबहादुर देउवा नै भएको पनि बताए । उनले भने, ‘शेरबहादुर देउवा आएपछि यो भेला पूर्ण सफल हुन्छ । शेरबहादुरजी नै हाम्रो नेता हो, हाम्रो सभापति हो । उहाँकै नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ ।’
उनले कांग्रेसलाई एकजुट गर्नको लागि आफूहरूले भेला राखेको समेत बताए ।















प्रतिक्रिया