Logo

अर्थ

इमाडोलमा भायानेटको सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा



काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ललितपुरको इमाडोलमा सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

इमाडोलस्थित रातामकै चोकमा रहेको उक्त शाखा २०८३ भदौ १ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । नयाँ शाखामार्फत इमाडोल तथा आसपासका ग्राहकले इन्टरनेट तथा भायाटिभी जडान, महसुल भुक्तानी, ग्राहक सहायता तथा प्राविधिक सेवाहरू स्थानीय स्तरमै सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार नयाँ शाखाबाट ग्राहक सेवा र भुक्तानी सुविधासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत उपलब्ध हुनेछ । यसले सेवा आवश्यक पर्दा ग्राहकले छिटो र सहज रूपमा प्राविधिक सहयोग प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

शाखा विस्तारका विषयमा बोल्दै भायानेटका कमर्सियल तथा मार्केटिङ विभागका सहायक उपाध्यक्ष शहिन श्रेष्ठले भने, ‘हामीले वर्षौंदेखि इमाडोलवासीहरूसँग जोडिएर सेवा प्रदान गर्दै आएका छौं । अब इमाडोलको नयाँ सुविधासम्पन्न शाखाबाटै फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भारका प्राविधिक टोलीसमेत परिचालन हुने भएकाले यहाँका ग्राहकहरूले पहिलेभन्दा अझ छिटो, प्रभावकारी र सहज सेवा प्राप्त गर्न सक्नेछन्। यस विस्तारले इमाडोल क्षेत्रका ग्राहकहरूप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाएको  छ ।’

आजको आधुनिक र डिजिटल युगमा तीव्र गतिको इन्टरनेट मानव जीवनको एक अनिवार्य आवश्यकता बनिसकेको छ । शिक्षा, अनलाइन अध्ययन, घरबाटै गरिने काम, व्यावसायिक गतिविधि, डिजिटल भुक्तानी तथा मनोरञ्जनका लागि भरपर्दो इन्टरनेटको पहुँच अपरिहार्य छ । ग्राहकहरूको यही दैनिक आवश्यकता र निर्भरतालाई ध्यानमा राख्दै भायानेटले निर्बाध र उच्चस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको स्थापनाले स्थानीय स्तरमा ग्राहक सेवाको पहुँच विस्तार हुनुका साथै ग्राहकसँगको सम्बन्ध थप मजबुत हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आईतवार १३:१०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।