काठमाडौं । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अचानक बिरामी परेका छन्।
शनिबार दार्चुला हुँदै बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरोसँगै रुघाखोकीको समस्या देखिएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनी गोठालापानीमै आराम गरिरहेका छन्।
जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले मन्त्री लम्सालको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणका क्रममा उनलाई भाइरल ज्वरो तथा रुघाखोकीको सामान्य संक्रमण देखिएको चिकित्सकले बताएका छन्।
तर स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मन्त्री लम्साललाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बैतडीतर्फ उडिसकेको छ।















प्रतिक्रिया