ललितपुर। ललितपुर महानगरपालिका–१९ कुमारीपाटी बस्ने माया महर्जनको घरबाट सुनका गहनासहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
शनिबार घरबाट सुनका विभिन्न गरगहना गरी करिब ३१ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको हो।
घटनापछि चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ललितपुर प्रहरीले बताएको छ।















प्रतिक्रिया