काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सम्पन्न भएको छ । साउन २६ गतेदेखि काठमाडौंमा सुरु भएको एक्स्पो आइतबार सम्पन्न भएको हो ।
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको एक्स्पो अपेक्षाअनुसार सफल र उत्साहजनक भएको बताएकी छन् । उनका अनुसार एक्स्पोमा करिब १ लाख ८० हजार दर्शकले अवलोकन गरेका छन् ।
गत संस्करणमा करिब १ लाख दर्शक सहभागी भएकोमा यसपटक दर्शकको संख्या उल्लेख्य रूपमा बढेको वैद्यले बताइन् । प्रदर्शनी अवधिमा सवारीसाधनप्रति उपभोक्ताको बढ्दो चासो र बुकिङको क्रमले अटोमोबाइल बजारप्रति सकारात्मक मनोविज्ञान देखाएको उनको भनाइ छ ।
अध्यक्ष वैद्यले अटोमोबाइल क्षेत्रको विकासका लागि नाइमाले विभिन्न सरोकारवाला संस्थासँग सहकार्य गर्दै आएको बताइन् । नीति निर्माणका क्षेत्रमा समेत संस्थाले योगदान दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रभावकारी बनाउने बताइन् ।
अटोमोबाइल क्षेत्रको विकास र विस्तारमा संस्थागत रूपमा थप योगदान गर्ने नाइमाको प्रतिबद्धता रहेको उनले बताइन् ।















प्रतिक्रिया