काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पद्मनाथ शर्माले पदबाट राजीनामा दिएका छन् ।
संस्थाको मंगलबार बसेको १८२औँ सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
शर्माले आफ्नो पारिवारिक एवम् स्वास्थ्य अवस्थाको कारण देखाउँदै स्वेच्छाले पदबाट राजीनामा दिएका हुन् ।
उनले सोमबार संस्था समक्ष राजीनामा पत्र पेश गरेका थिए । सञ्चालक समितिको बैठकले उनको राजीनामा मंगलबारदेखि नै लागू हुने गरी स्वीकृत गरेको छ ।
















प्रतिक्रिया