Logo

अर्थ

सेयर बजारमा १९ अंकको गिरावट, ५ अर्ब ७ करोडमाथिकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से १९.३४ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ ।

आज ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१८ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब ७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको इकाई कारोबार भएको छ । यसको ५० करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । सोलु हाइड्रोको ३९ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोतम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १०.६३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार १५:१६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।