काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएका चार विद्यार्थीमध्ये एक जनाको मृत्यु भएको छ भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। दुई विद्यार्थी अझै बेपत्ता छन्।
विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाएका राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेशमा स्याङतान मृत अवस्थामा फेला परेकी हुन्। कक्षा ६ की सिमा बोलनलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कक्षा ५ की सुमित्रा बोलन र कक्षा ७ की बिनता बोलन भने अझै बेपत्ता छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
















प्रतिक्रिया