Logo

विविध

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २५४ जनालाई कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २५४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ३३, सिसिटिभिमार्फत ७६, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ४५, लेन क्रसमा ९६, अवस्था ठिक नभएको ३३, एकतर्फीमा १९ र अन्यमा ७५२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार ०७:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।