झापा । बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीया गीता महतो रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार महतोको घरमा गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको टोलीले बुधबार राति उनको घरमा जाँच गरेको थियो ।
प्रहरी जवान मनिष धिमाल र प्रहरी सहायक निरीक्षक नवराज आचार्यको संयुक्त टोलीले राति करिब ८ः५० बजे घरमा जाँच गर्दा कोठाभित्र लुकाइराखेको अवस्थामा गाँजाजस्तो देखिने पदार्थ फेला पारेको थियो ।
बरामद पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ६०९ ग्राम र प्लास्टिक हटाउँदा ५२८ ग्राम रहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजासहित महतोलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।
















प्रतिक्रिया