Logo

अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ लाख ७४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले संस्थापक समूहको १ लाख ७४ हजार ८८७ कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकले हाल संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार आवेदन काठमाडौंको कमलादीस्थित आईटी प्लाजामा रहेको शेयर रजिस्ट्रारको कार्यालयमा दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाका लागि समेत उक्त शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार १२:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।