काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ८ सय ४४ पुगेको छ।
स्वास्थ्य विभागका अनुसार हालसम्म ७४ जिल्लामा डेंगु फैलिएको छ भने दुई जनाको मृत्यु भएको छ।
गण्डकी प्रदेशमा सबैभन्दा बढी १ हजार १० जना संक्रमित भेटिएका छन्।
बागलुङमा मात्रै ४७० जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य विभागले लामखुट्टेको टोकाइबाट जोगिन तथा घर वरपर पानी जम्न नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।
















प्रतिक्रिया