काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ७.१७ अंकले बढेर २,६२९ को विन्दुमा कायम भएको छ ।
आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै मूल्य घटेको छ ।
आज ४ अर्ब ४० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार भएको छ । यसको ५० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३० करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माउन्ट एभरेष्ट र सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कुमारी धनवृद्धि योजनाका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ९.७७ प्रतिशतका दरले गुमाएका हुन् ।
















प्रतिक्रिया