Logo

राजनीति

किरण थापा मगरको नेतृत्वमा बागमतीमा सात सदस्यीय मन्त्रिपरिषद्



हेटौंडा। बागमती प्रदेशमा किरण थापा मगरको नेतृत्वमा सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। मुख्यमन्त्री थापा मगरले सरकारको नेतृत्व सम्हालेसँगै विभिन्न मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका हुन्।

नयाँ मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ६ मन्त्री छन्। कार्यविभाजनअनुसार मुख्यमन्त्री थापा मगरले सरकारको समग्र नेतृत्व गर्नेछन्।

सरल सहयात्री पौडेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। भरत केसी भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन्। ज्ञानबहादुर तामाङलाई भने बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।

त्यस्तै, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यससँगै बागमती प्रदेश सरकारमा मुख्यमन्त्री किरण थापा मगरसहित सरल सहयात्री पौडेल, भरत केसी, ज्ञानबहादुर तामाङ, राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ सहभागी भएका छन्।

नयाँ मन्त्रिपरिषद् गठनसँगै प्रदेश सरकारको प्राथमिकता, मन्त्रालयगत कामको प्रभावकारिता र सत्ता गठबन्धनबीचको समन्वय अब मुख्य चासोको विषय बनेको छ।

प्रदेशमा विकास निर्माण, आर्थिक व्यवस्थापन, रोजगारी तथा औद्योगिक प्रवर्द्धन र स्वास्थ्य सेवाको सुधारलाई सरकारले कसरी अघि बढाउँछ भन्नेमा पनि चासो बढेको छ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार १९:१३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।