काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्र बैंकमा आयोजित कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष रावलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार डेपुटी गभर्नरमा नियुक्त भएका रावलले बिहीबार नै पदभारसमेत ग्रहण गरेका छन्।
गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेका थिए। २०६९ मा उपनिर्देशक र २०७५ मा निर्देशकमा पदोन्नति भएका उनी २०८२ जेठ १९ गते कार्यकारी निर्देशक बनेका थिए।
कार्यकारी निर्देशकमा पदोन्नतिपछि रावलले राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए।
















प्रतिक्रिया