Logo

बैंकिङ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा



काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा भएका छन् ।

स्मार्ट टेलिकम प्रकरणमा भएको थुनछेक बहसमा उनी ८० लाख धरौटीमा रिहा भएका हुन् ।

स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धानका क्रममा पाण्डेसहित २२ जना प्रतिवादीमाथि अनुसन्धान अघि बढाइएको थियो।

सोही क्रममा पक्राउ परेका पाण्डेविरुद्ध सरकारी पक्षले अभियोगका आधारमा थुनामा राख्न माग गरेको थियो।

तर, थुनछेक बहसपछि अदालतले तत्काल थुनामा राख्न आवश्यक नरहेको ठहर गर्दै धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार २१:०१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।