काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ८ सय ५५ रुपैयाँ थियो ।
















प्रतिक्रिया