Logo

प्रमुख समाचार

डीडीसीको ६ सय किलो घिउ पहिलो पटक दुबई निर्यात



काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू दुबई निर्यात सुरू भएको छ ।

पहिलोपटक शुक्रबार ६ सय किलो घिउ जहाजबाट दुबई पठाइँदै छ । दुबइमा घ्यू निर्यात गर्न डीडीसीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ ।

दुबईमा रहेका बिक्रेताले परीक्षणको रुपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।

हाल पहिलो खेपमा १२०० जार घिउ दुबई पठाइएको छ । प्रतिजार ३५० मिलिलिटरका दरले जम्मा ४२० लिटर (करिब ६०० किलो तौल) घिउ पठाइएको हो । यसको लागत मूल्य करिब ५ लाख ५० हजार नेपाली रुपैयाँ रहेको छ ।

 

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार १३:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।