Logo

अर्थ

राइडरको उचित आम्दानी सुनिश्चित गर्न तयार छौँ: पठाओ नेपाल



काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओ नेपालले प्रतिकिलोमिटर २५ रुपैयाँको फ्ल्याट भाडादरमा आफ्नो असहमति नरहेको भन्दै राइडरहरूले उठाएको माग र पठाओको भाडादरबीच ठूलो अन्तर नरहेको बरु फरक मुख्यत: भाडा निर्धारण गर्ने संरचना र विधिमा रहेको स्पष्ट पारेको छ ।

बिहीबार कम्पनीका प्रबन्ध निर्देशक यशु थकालीले हस्ताक्षर गरेको विज्ञप्तिमा राइडरहरूले उचित आम्दानी पाउनुपर्छ भन्ने बिषयसँग आफूहरू सहमत रहेको उल्लेख छ ।

उनकाअनुसार राइडरको आर्थिक सुरक्षा र ग्राहकले पाउने सुरक्षित तथा भरपर्दो सेवा एकअर्कासँग जोडिएका विषय हुन् ।

पठाओले आफ्नो हालको भाडा संरचना ठ्याक्कै २५ रुपैयाँ प्रतिकिलोमिटरको दरमा आधारित नभए पनि विभिन्न दूरीका सामान्य राइडको औसत प्रभावकारी भाडा करिब २५ रुपैयाँ प्रतिकिलोमिटर आसपास पर्ने जनाएको छ ।

पठाओका अनुसार उसको भाडा संरचनामा बेस फेयर, प्रतिकिलोमिटर भाडा र प्रतिमिनेट भाडा समावेश छन् । इन्धनको मूल्य, महँगी, मर्मतसम्भार तथा अन्य सञ्चालन खर्चलाई आधार बनाएर आवश्यकताअनुसार भाडा समायोजन गरिँदै आएको कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।