Logo

समाचार

तनहुँको छिरकनेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध



तनहुँ। व्यास नगरपालिका–१२ छिरकनेस्थित पृथ्वीराजमार्गमा आइतबार साँझ पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीका अनुसार आइतबार साँझ करिब पौने ८ बजे माथिबाट खसेको पहिरोले राजमार्गको एक लेन पूर्ण रूपमा अवरुद्ध भएको हो। एक लेनबाट मात्रै सवारी सञ्चालन गर्नुपर्दा राजमार्गमा आवागमन असहज बनेको प्रहरीले जनाएको छ।

पहिरो खसेर सडक अवरुद्ध भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट डीएसपी द्वारिकाप्रसाद घिमिरेको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थल पुगेको छ। प्रहरी चौकी डुम्रेबाट थप ५ जनाको टोलीसमेत परिचालन गरिएको छ।

घटनास्थलमा खटिएको सुरक्षा टोलीले पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आईतवार २१:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।