काठमाडाैं । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि मंगलबार घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ६५ रुपैयाँले घटेको हो ।
















प्रतिक्रिया