Logo

अर्थ

अपर हेवाखोला हाइड्रोलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृति



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट १०० प्रतिशत हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ ।

आयोगले अपर हेवाखोला हाइड्रोपावरलाई सोमबार पत्र पठाउँदै हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो । अब कम्पनीले हाल कायम चुक्तापुँजी ५७ करोड ५० लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात ५७ करोड ५० लाख रुपैयाँबराबरको हकप्रद शेयर ल्याउन थप प्रक्रिया अगाडि बढाउनेछ ।

अब नेपाल धितोपत्र बोर्डमा निवेदन दिएपछि स्वीकृति पाएको खण्डमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५७ लाख ५० हजार कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलवार १५:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।