Logo

प्रमुख समाचार

दुई वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ ।

विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा

संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालहरूसँग छलफल हुने कार्यसूची रहेका छ ।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार ०७:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।