Logo

कर्पोरेट फोकस

सिद्धार्थ बैंकले सुरु गर्‍यो अनलाइन सेयर धितो कर्जा सेवा, ७० प्रतिशतसम्म ऋण पाइने



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले सेयर धितो कर्जाको लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ। सुविधाअन्तर्गत ग्राहकहरूले आफ्ना सेयरहरू धितो राखेर बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन्।

मोबाइल बैंकिङमार्फत सजिलै आवेदन दिन सकिनेयस नयाँ सेवा अन्तर्गत ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर धितो कर्जाका लागि सहजै अनलाइन आवेदन दिन सक्नेछन्। ग्राहकहरूले आफ्नो कुल धितो रहने सेयरको मूल्याङ्कनका आधारमा ७० प्रतिशतसम्म सेयर धितो कर्जा सहजरूपमा लिन सक्नेछन्।

बैंकले यस सुविधा मार्फत ग्राहकहरूले आफ्ना व्यक्तिगत तथा व्यावसायिक आवश्यकताहरू सहज रूपमा पूरा गर्न सक्ने विश्वास लिएको छ।

सम्पूर्ण शाखामा उपलब्ध र थप जानकारीका लागिग्राहकहरूलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकका सबै शाखाहरूमा उपलब्ध रहेको छ।

सुविधाबारे थप जानकारी लिन चाहने ग्राहकहरूले बैंकको २४ घण्टै सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरूमार्फत सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलवार १२:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।