काठमाडौं । जल तथा मौसम विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले रसुवास्थित भोटेकोशी बाढीको अवस्था अहिले सामान्य रहेको बताएका छन् । विभागका वरिष्ठ हाइड्रोलोजिस्ट पराजुलीले जोखिमाको अवस्था कम हुदै गएको बताए ।
उनले भने, ‘रसुवास्थित भोटेकोशी बाढीको अबस्था सामान्य छ । राति ३० सेन्टी मिटर बाढी बढेको थियो । थप जोखिको कारण हिजोको जस्तो आज छैन् । हिजो बेलुका देखि आज बिहानसम्म देशको बिभिन्न भुभागमा मध्यम बर्षा भएकाले समान्य अवस्थानै रहेको बताए ।
हालसम्मको प्रारम्भिक अध्ययनअनुसार मृत्यु तथा बेपत्ता हुनेको संख्या करिब एक हजार पुगेको उनले बताए ।
‘अहिलेसम्मको अध्ययनमा हेर्दा करिब एक हजारको हाराहारीमा मृत्यु र बेपत्ता भएका छन् । विवरण संकलनको काम भइरहेको छ । आज यसको अन्तिम आँकडा आउनेछ । यो सबै पालिकाबाट तथ्यांक लिने काम भइरहेको छ, उनले भने ।
उनका अनुसार विभिन्न पालिकाबाट तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।
















प्रतिक्रिया