Logo

अर्थ

बाढी पीडितको राहत र उद्धारका लागि हिमालयन बुलीयन्सको २१ लाख सहयोग



काठमाडौं । हिमालयन बुलीयन्स कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

बागमती प्रदेशका विभिन्न जिल्लामा बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहतका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेको हाे ।

रसुवा, नुवाकोट, धादिङ लगायतका भोटेकोशी तटीय क्षेत्रहरूमा हालै आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति पुर्‍याएको घटनाप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ।

यस कठिन एवं प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै हिमालयन बुलीयन्सले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

साथै, बाढीमा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार १७:३७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।