Logo

अर्थ

एभरेष्ट बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?



काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ।

गत वर्ष कम्पनीले २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहीबार १९:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।