Logo

अन्तर्राष्ट्रिय

नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छौंः अमेरिकी राष्ट्रपति ट्रम्प



काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्।

अमेरिकी समाचार संस्था एनबीसी न्युजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ट्रम्पले नेपाललाई आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,’ ट्रम्पलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएको छ।

भोटेकोसीमा आएको बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि आफूले सहयोगका लागि अमेरिका तयार रहेको बताएको ट्रम्पले उल्लेख गरेका छन्।

भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपालले विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको जनाएको छ।

 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार ०७:५४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।