Logo

समाचार

भोटेकोशी बाढी : विहान ७ बजेसम्म ४६९ शव फेला



काठमाडौं । रसुवा जिल्लामा आएको बाढीका कारण ज्यान गुमाएका ४६९ जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार रसुवाबाट १२ जना, नुवाकोटमा ३७, धादिङमा ३३ र चितवनमा १७८ जनाको शव फेला परेको हो ।

यस्तै गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

यसैगरी रसुवाबाट ६४४, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।

२८ जना प्रहरी कर्मचारीहरु पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार ०९:५५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।