Logo

अर्थ

जावलाखेल ग्रुपले दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने



काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

देशमा विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला प्रभावित परिवार तथा समुदायको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्ने घोषणा गरिएको हो।

जावलाखेल ग्रुपले विपद्को यस घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित क्षेत्रमा रहेका सम्पूर्ण नेपालीको सकुशलताको कामना गरेको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार ११:३७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।