Logo

अर्थ

सानिमा रिलायन्स लाइफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रसुवा लगायत देशका विभिन्न स्थानमा आएको बाढीबा प्रभावित व्यक्तिलाई राहत होस भन्ने उद्देश्यले सहयोग गर्ने भएको छ ।

कम्पनीले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ लाख तथा सञ्चालक समिति र कर्मचारीबाट रु २१ लाख गरी जम्मा रु ७२ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

साथै, कम्पनीले उक्त स्थानमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार १२:१९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।