Logo

प्रमुख समाचार

तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन: प्रवक्ता पोखरेल



काठमाडौं । सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् ।

साथै, परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उनले बताए ।

‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ प्रवक्ता पोखरेलले भने ।

ड्याम नै फुटेको भन्ने नभएको तर ग्ल्यासियरहरू भने फुटेको कारणले लेदोसहितको पानी ओभरफ्लो हुन पुगेको उनले बताए । उनले भने, ‘बाँध फुटेको अवस्था होइन । ग्लेसियर फुटेका कारण केही स्थानमा लेदोसहितको पानी ओभरफ्लो भएको हो ।’

तत्काल ठूलो जोखिमको अवस्था नदेखिए पनि सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै सावधानी अपनाउन आवश्यक रहेको पोखरेलले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार १४:२६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।