Logo

समाचार

त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार गर्न सेनासहितको प्राविधिक टोली घटनास्थलमा



काठमाडौं । त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटका इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको हो ।

टोलीले आयोजनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको स्थलगत निरीक्षण गरी उद्धार कार्यलाई सुरक्षित रूपमा अघि बढाइरहेको छ ।

साथै, उद्धार कार्यमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ।

प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्य जटिल भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार ११:१३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।