Logo

अर्थ

हिमालयन लाइफका कर्मचारीको मानवीय पहल, रसुवा बाढीपीडितलाई करिब ८ लाखको राहत सामग्री



काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो।

कम्पनीका कर्मचारीले उपलब्ध गराएको राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्‍याइने जनाइएको छ।

बाढीपहिरोका कारण प्रभावित क्षेत्रका नागरिकको दैनिक जीवन कष्टकर बनेको अवस्थामा तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूले आफ्नै पहलमा राहत संकलन गरेका हुन्।

संकलित राहत सामग्रीमा दैनिक उपभोगका खाद्यान्न तथा आवश्यक लत्ताकपडा समावेश छन्। नेपाली सेनामार्फत वितरण गरिने भएकाले वास्तविक प्रभावित परिवारसम्म राहत पुग्ने विश्वास गरिएको छ।

हिमालयन लाइफका कर्मचारीहरूले विपद्को कठिन घडीमा प्रभावित परिवारको साथमा उभिनु मानवीय तथा सामाजिक दायित्व भएको बताएका छन्।

उनीहरूले विपद्का बेला सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहकार्यको भावनासहित आवश्यक सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

रसुवामा आएको विनाशकारी बाढीपहिरोपछि प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकायसँगै निजी क्षेत्र, वित्तीय संस्था, कर्मचारी तथा विभिन्न संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १२:५५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।