काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनर्स्थापनाका लागि पद्म ज्योति समूहले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पद्म ज्योति समूहले सो रकम हस्तान्तरण गरेको छ । कोषमा विभिन्न निजी क्षेत्रबाट सहयोग हुने क्रम जारी छ । शनिबारसम्म कोषमा ५ अर्ब ४ करोड रुपैयाँ जम्मा भइसकेको छ ।
















प्रतिक्रिया